बोलपत्र आव्हान सम्बन्धि सुचना
खोप कार्यक्रमको लजिस्टिक सामाग्री खरिद सम्बन्धमा
यस भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ, विराटनगरद्वारा १९ अगस्ट २०२६, तदनुसार २०८३ भदौ ३ गते PPMO को e-GP प्रणाली मार्फत प्रकाशित गरिएको यस अघिको बोलपत्र सूचना प्राविधिक समस्याका कारण रद्द गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध सहित पुनः यो सूचना प्रकाशित गरिएको छ । सोही अनुसार यस चालु आ. व २०८३/०८४ को लागि चौपाया पशुहरुमा खोप कार्यक्रम संचालनको लागि आवश्यक पर्ने लजिस्टिक सामाग्रीहरु खरिदको लागि यसै साथ संलग्न बोलपत्र अध्ययन गरी इच्छुक फर्म कम्पनीहरुले प्रस्ताव पेश गर्नुहुन अनुरोध गरिन्छ । थप जानकारीका लागि कार्यालय समयभित्र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ, विराटनगरको टेलिफोन: नं ०२१-४७५९५८ मा सम्पर्क गर्न सक्नु हुनेछ ।